गुण्डा नाइके मनोज पुनका साथी पक्राउ

गुण्डा नाइके मनोज पुनका साथी पक्राउ

साउन १८, भैरहवा । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनका अर्का साथी पनि पक्राउ परेका छन् ।

रुपन्देही देवदहका व्यवसायी बलु भनिने बसन्त पौडेल हत्याको योजनामा संलग्न फरार रहेका बुटवल उपमहानगरपालिका–१७ मोतिपुरका ५१ वर्षीय ओमप्रकाश चौधरी थारु पक्राउ गरेका हुन् ।

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका थारुलाई पनि पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।

२०७४ पुसमा बसन्त पौडेलको गोली हानी हत्या भएको थियो । घटनाको जिम्मा गुण्डा नाईके मनोज पुनले लिएका थिए ।

पक्राउ परेका थारु हत्याको योजनामा संग्लन रहेको, सुटरलाई हतियार, मोटरसाइकल व्यवस्थापन लगायत काममा सहयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.