साउन १८, विराटनगर । आगामी अगस्ट १२ का दिन मनाईने युवा दिवसको अवसरमा विराटनगरमा युवा सशक्तिकरण कार्यक्रम गरिएको छ ।

लियो क्लब अफ विराटनगरको आयोजनामा गरिएको यूवा सशक्तिकरण कार्यक्रमको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरे ।
कार्यक्रममा ५ दर्जन बढी यूवा सहभागि भएका छन । सहभागि यूवालाई नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिइएको आयोजक क्लबका अध्यक्ष राजन साहले जानकारी दिए । सहभागिलाई मुख्य प्रशिक्षकको रुपमा आमंत्रण गरिएका सत्तार अंसारीले प्रशिक्षण दिएका छन ।

यस्तै चाँद इराकी,ओसिम आलम,रुपेश खतिवडा र मुर्सरफ खान लगायतले समेत युवा सशक्तिकरणका बिषयमा धारणा राखेका थिए । कार्यक्रममा युवा अभियन्ताहरु चाँद इराकी,पेरिस सुवेदी, भूषण लिम्बु,प्रोमिसा मिश्रा र सिद्धार्थ साहलाई सम्मान गरिएको थियो ।
सामाजिक विकास मन्त्री घिमिरेले उनीहरुलाई सम्मान गरे । कार्यक्रममा मन्त्री घिमिरेले यूवा अवस्थामै लिइने निर्णयले भविष्य निर्धारण हुने भएकाले सचेत भएर लक्ष्य निर्धारण गर्न आग्रह गरे । लक्ष्य निर्धारण गरेर दृढताका साथ अघि बढे सफलता सुनिश्चित हुने उनको भनाई थियो ।