क्लासिक टेकले गर्याे विराटनगरमा बृक्षरोपण

क्लासिक टेकले गर्याे विराटनगरमा बृक्षरोपण

साउन १८, विराटनगर । क्लासिक टेकले १० औ वार्षिक उत्सबको अवसरमा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

बिराटनगरको तिनपैनी चौकबाट सुरु भएको उक्त कार्यक्रम नेता चौकमा पुगेर सम्पन्न भएको थियो । सडक किनारमा विभिन्न जातका ६० भन्दा बढी विरुवा रोपेको क्लासिक टेकका क्षेत्रीय प्रबन्धक भुपाल कार्कीले जानकारी दिए ।

कार्यक्रममा बिराटनगरका मेयर भीम पराजुली, वडा नं १ का वडाध्यक्ष उद्धव अर्याल, क्लासिक टेक क्षेत्रीय प्रबन्धक कार्की लगायतहरूको उपस्थिति रहेको थियो ।

क्लासिक टेकले नेपालमा इन्टरनेट सेवा सुरु गरेको दशौ बार्षिक उत्सवकोे उपलक्ष्यमा गत साता ४ सय ७१ रुपैयाँमा प्रति महिनाको दरमा ५० एमविपीएस स्पीडको सेवा समेत शुभारम्भ गरेको छ ।

उक्त योजना अन्र्तगत एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्ध गराउने भएको क्षेत्रीय प्रबन्धक कार्कीले बताए ।

विश्वकै उत्कृष्ट जीपीओन प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै आएको सो संस्थाले नेपालको विभिन्न मुख्य शहरहरुमा सेवा उपलब्ध गराईसकेको छ भने नेपालको ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरेको क्लासिक टेकले जनाएको छ ।

क्लासिक टेकले २१ वटा भन्दा बढी शाखा मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.