फ्रेन्च सुपर कपको उपाधि पीएसजीलाई

फ्रेन्च सुपर कपको उपाधि पीएसजीलाई

साउन १९, एजेन्सी । फ्रेन्च सुपर कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ ।

हिजो भएको फाइनलमा रेनसलाई २–१ गोलअन्तरले पराजित गर्दै पीएसजीले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको हो ।पीएसजीका लागि यो सिजनको पहिलो उपाधि पनि हो ।

पीएसजीको जितमा केलियन एमबाप्पे र एन्जल डी मारियाले एक–एक गोल गरे ।रेनसका एड्रीन होन्युले एक गोल फर्काए । योसँगै पीएसजीले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।

पीएसजी लियोनलाई पछि पार्दै सर्वा्धिक धेरै पटक फ्रेन्च सुपर कप जित्ने टिम बनेको हो । लियोनले आठ पटक फ्रेन्च सुपर कप जितेको छ ।

फ्रान्सको लिग वान विजेता र फ्रेन्च कप विजेता टिमबीच फ्रेन्च सुपर कप हुने गर्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.