साउन १९, एजेन्सी । वेस्ट इन्डिजविरुद्धको टी–ट्वेन्टी क्रिकेट शृङ्खलामा भारतले अग्रता बनाएको छ ।
अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल क्रिकेट रंगशालामा गएराति भएको पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको हो ।
वेष्ट इन्डिजले दिएको ९६ रनको लक्ष्य भारतले १७ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । लक्ष्य सामान्य भए पनि भारतले कठिन जित हात पार्यो ।
दोस्रो ओभरमै चोटबाट पुनरागमन गरेका शिखर धवन १ रनको स्कोरमा आउट भएका थिए ।विश्वकपका सर्वा्धिक रनकर्ता रोहित शर्माले २५ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन बनाएर आउट भए ।
कप्तान विराट कोहली र मनिस पान्डेले समान १९ रनको योगदान गरे । ऋषभ पन्त पहिलो बलमै आउट भएका थिए ।
त्यस्तै क्रुनाल पान्ड्याले १२ रन जोडे । रविन्द्र जडेजा १० र वासिंटन सुन्दर ८ रनमा अविजित रहे । बलिङतर्फ वेष्ट इन्डिजका सेन्डोन कोट्रेल, कीमो पाउल र सुनील नारिनले दुईरदुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धा्रित ओभरमा ९ विकेट गुमाउँदै ९५ रनको झिनो योगफल खडा गरेको थियो ।वेष्ट इन्डिजका लागि किरोन पोलार्ड र निकोलास पुरनले मात्र दोहोरो अंकको रन जोडेका थिए । पुरनले २० र पोलार्डले ४९ रनको योगदान गरे ।अन्य सबै ब्याट्सम्यान असफल सावित भए ।
भारतीय टोलीबाट डेब्यू खेलमा नभदीप सैनीले ३ विकेट लिए ।उनले ४ ओभरमा १ मेडन राख्दै १७ रनमात्र खर्चिए । भुवनेश्वर कुमारले पनि २ विकेट झारे ।
शृङ्खलाअन्तर्गत भारतले वेष्टइन्डिजसँग तीन ट्वेन्टी–ट्वेन्टी शृङ्खला खेल्नेछ । दोस्रो खेल भोलि हुनेछ ।