साउन १९, विराटनगर । विराटनगरस्थित दिव्यज्योति अस्पतालले एनआइसी एशिया बैंकका ग्राहकका लागि आकर्षक छुटको व्यवस्था गरेको छ ।
एनआइसी एशिया बैंकमा खाता भएका ग्राहकले विभिन्न रोगको उपचार मा २० देखि २५ प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको अस्पतालका कार्यकारी निर्देशक कमलेशकुमार कर्णले बताए ।
उनले एनआइसी एशिया बैंकमा खाता भएकाहरुले आँखा, नाक, कान, घाटीको उपचार तथा शल्यक्रियामा, जेनेरल फिजिसियनमा ओपिडी दस्तुर बाहेक बेड र एक्सरे र युसिजी गराए २० प्रतिशत सम्म छुट पाउने बताए ।
निर्देशक कर्णले ल्याबमा २५ र चस्मा खरिदमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको बताए । त्यस्तै एनआईसी एशिया बैंकका कर्मचारीले दिव्यज्योति अस्पतालमा उपचार गराए आँखा, नाक, कान, घाटिको शल्यक्रियामा २५ प्रतिशत पाउने उनले बताए ।
त्यस्तै बेड चार्ज र एक्सरेमा पनि कर्मचारीले २५ प्रतिशत छुट पाउने उनले जानकारी दिए । अस्पताल र बैंकबीच भएको सम्झौता पत्रमा एनआइसी एशिया हाट्खोला शाखाका म्यानेजर विज्ञान दाहाल र अस्पतालका कार्यकारी निर्देशक कमलेशकुमार कर्णले हस्ताक्षर गरेका थिए ।