मधेसी आयोगद्धारा गोष्ठीमा साढे ३ करोड खर्च

मधेसी आयोगद्धारा गोष्ठीमा साढे ३ करोड खर्च

२० साउन, काठमाडौँ ।
मधेसी आयोगले गोष्ठी र अनुशिक्षण कार्यक्रम सञ्चालनमा मात्रै साढे ३ करोड बढी खर्च गरेको छ । आयोगले सोमबार ललितपुरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि आर्थिक बर्ष २०७५÷७६ मा गरिएको कार्यक्रम बारे जानकारी दिदै अनुशिक्षण र गोष्ठीका लागि ३ करोड ५६ लाख ८१ हजार १ सय ६८ रुपैया खर्च भएको जनाएको हो ।

यो रकम आयोगले प्रदेश २ का ८ वटा जिल्ला, प्रदेश १, प्रदेश ५ र ७ मा गोष्ठी तथा अनुशिक्षण कार्यक्रमका लागि खर्च गरेको हो । त्यसैगरी जनचेतना मुलुक रेडियो जिंगल निर्माणमा र प्रशारणमा साढे ४ लाख बढी खर्च गरेको छ । ५ करोड ९० लाख रुपैया विनियोजन भएको आयोगले १ करोड ५२ लाख १८ हजार ८ सय ३१ रुपैया खर्च गर्न नसकेर फ्रिज भएको छ ।

२०७५ कात्तिक २५ गते कार्यालय स्थापना भएको आयोगको अध्यक्षको रुपमा डाक्टर बिजय कुमार दत्तले २०७५ चैत ७ गते पदभार सम्हालेका थिए । आयोगका ४ सदस्यको पद रिक्त छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.