२१ साउन, विराटनगर ।
मोरङको केराबारीबाट अवैध रुपमा ढुङ्गा लाँदै गरेको ट्रयाक्टर र अवैध उत्खनन् गर्दै गरेको जेसीबी नियन्त्रणमा लिईएको छ ।
मंगलबार बिहान केराबारी गाउँपालिका– ७ खदमखोलाबाट ट्रयाक्टरमा ढुङ्गा लोड गरी लैजाँदै गरेकोको १ त ५९०९ नं. को ट्रयाक्टर र लेटाङ नगरपालिका–३ चिसाङ खोलामा अबैध रुपमा मिक्स गिटि उत्खनन् गर्दै गरेको लेखिएको जेसिबीलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका दुवैलाई केराबारीमा ल्याई राखिएको र ट्याक्टर चालक भने फरार रहेको जनाईएको छ ।