भारत र वेस्टइण्डिजबीचको तेस्रो खेल आज

भारत र वेस्टइण्डिजबीचको तेस्रो खेल आज

साउन २१, एजेन्सी । भारत र वेस्टइण्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० हुँदैछ । नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने खेलमा भारत तेस्रो टी–२० जित्दै सिरिज क्लिन स्वीप गर्ने अभियानमा हुने छ ।

विराट कोहलीको कप्तानीमा रहेको भारतले पहिलो खेल ४ विकेट तथा दोस्रो खेल डीएल मेथड अनुसार २२ रनले जितेको थियो । भारतले अहिलेसम्म विदेशी भूमिमा ३–० ले सिरिज एक पटक मात्रै जितेकाले यो कीर्तिमान बनाउने लक्ष्यमा हुने छ ।

भारतले २०१६ मा अस्ट्रेलियाविरुद्धको सिरिज ३–० ले जितेको थियो । भारत र वेस्टइण्डिजबीचको खेल गुयना मैदानमा हुँदै छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.