२१ साउन, विराटनगर ।
मोरङको लेटाङ नगरपालिका– ६ घुम्तीमा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मंगलबार बिहान ५ बजेको समयमा सोही स्थानका मेसबहादुर विकको घरको काठको भान्सा घरबाट अचानक बिद्युत सर्ट भई आगलागी भएको थियो ।
आगलागीबाट भान्साघर, सोही टोलका ठोलप्रसाद मगरको काठको दुई तले घर र भक्तबहादुर राईको दुई तले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, कागज पत्र, भाडाबर्तन, काठपात गरी अन्दाजी ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानबिय तथा चौपाया क्षति नभएको जनाईएको छ । आगलागी स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, बारुणयन्त्र समेतको सहयोगमा झन्डै एक घण्टापछि पूर्ण नियन्त्रणमा लिईएको थियो ।