विराटनगरको बखरीबाट ४ हजार लिटर मदिरा बरामद

विराटनगरको बखरीबाट ४ हजार लिटर मदिरा बरामद

२१ साउन,विराटनगर ।
प्रहरीले विराटनगर १२ स्थित बखरीबाट भारी मात्रामा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरेको छ ।

मोरङ प्रहरीका डिएसपी राजकुमार खिउंजुको नेतृत्वमा पुगेको प्रहरी टोलीले सो क्षेत्रमा छापा मारी घरेलु मदिरासहित मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र भांडा बर्तन बरामद गरेको हो । सो क्षेत्रबाट प्रहरीले अन्दाजी ४ हजार ४ सय ६५ लिटर तयारी र कच्चा मदिरा बरामद गरेको जनाएको छ ।

 

ब्यावसायिक रुपमा मदिरा बनाउदै आएका सो क्षेत्रको आधा दर्जन बढी घरबाट प्रहरीले मदिरा बनाउन प्रयोग हुने ठूलो सानो भांडा ४८ थान र २ थान चुल्हो समेत बरामद गरेको जनाएको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.