साउन २२, एजेन्सी । वेष्ट इन्डिज विरुद्धको तीन वटा टी ट्वेन्टी क्रिकेट खेलको श्रृंखला भारतले क्लिन–स्विप गरेको छ ।
गएराति भएको तेस्रो तथा अन्तिम खेल सात विकेटले जित्दै भारतले श्रृंखला क्लिनस्विप गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनायो । उसका लागि कायरन पोलार्डले सर्वाधिक ५८ रन जोडे ।
बलिङतर्फ भारतका दिपक चाहरले तीन विकेट लिए । जवाफमा १ सय ४७ रनको लक्ष्य भारतले १९ ओभर एक बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा रिसभ पन्तको ६५ रन तथा विराट कोहलीको ५९ रन महत्वपूर्ण रह्यो । जितसँगै भारतले क्यारेबियन भूमीमा खेलिएका तिनवटै टि–ट्वेन्टी खेल जित्दै श्रृंखला क्लिनस्विप गरेको हो ।