आगलागीका कारण अवरुद्ध सुबिसुको सेवा बिहीबार साँझबाट सुचारु हुने

आगलागीका कारण अवरुद्ध सुबिसुको सेवा बिहीबार साँझबाट सुचारु हुने

२३ साउन, काठमाडौं ।
आगलागीका कारण अवरुद्ध सुबिसुको सेवा बिहीबार साँझबाट सुचारु हुने भएको छ। बुधबार दिउँसो बालुवाटारस्थ्ति सुबिसुको केन्द्रीय कार्यालयमा आगलागी हुँदा निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको सेवा अवरुद्ध भएको थियो।

आगलागीबाट ठूलो भौतिक क्षति भएको छ। सुबिसुको बालुवाटार कार्यलयभित्रका करिब ९० करोड रुपैयाँ बराबरको इक्युपमेन्टको बीमा भएको छ। यो आगलामीमा कति क्षति भएको छ भन्ने बारेमा भने सामानको मूल्यांकन र क्षतिको पूर्ण विवरण संकलन गरेपछि मात्रै भन्न सकिने सुबिसु केवल नेट प्रालिका अध्यक्ष सुधीर पराजुलीले बताए।

पराजुलीका अनुसार आगलागीका कारण बालुवाटारबाट सेवा लिएका १० प्रतिशत इन्टरनेट सेवाग्राही प्रभावित भएका छन् ।इन्टरनेटको सबै सर्भर तथा डाटा सेन्टरको ९० प्रतिशत सञ्चालन थापाथलीबाट हुने गरेकाले बालुवाटारको सेवा अवरुद्ध हुँदा जम्मा १० प्रतिशत मात्रै इन्टरनेट सेवाग्राही प्रभावित भएको उनले बताए ।

प्रभावित सेवाग्राहीलाई पनि छिटोभन्दा छिटो सेवा दिने गरी बुधबारदेखि निरन्तर काम गरिरहेको सुबिसुले बताएको छ। सुबिसुका अनुसार क्रमशः सेवा सुचारु हुँदै पनि गएका छन्। र अवरुद्ध सबै सेवा २४ घण्टाभित्रै पुनः सञ्चालन गरिसकिने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.