२३ साउन, काठमाडौँ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विकास निर्माणको काममा जुट्न महानगरपालिकाबासीलाई आह्वान गरेका छन् । मेयर शाक्यले संघीयता विरोधि गतिविधि हुन नदिन पनि महानगरबासीलाई सचेत गराए ।
मातृभूमि महिला समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले चुनावका बेला गरिएको सबै प्रतिवद्धता पूरा हुने गरी आफूले काम गरिरहेको दाबी पनि गरे । उनले महानगरबासीलाई मारमा पर्न नदिन चालू आर्थिक वर्षमा पनि करको दर नबढाइएको स्पष्ट पारे ।
मेयर शाक्यले काठमाडौं महानगरपालिकाले सम्पदा पुनर्निर्माण, हरियाली प्रवद्र्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाएको पनि बताए । मेयर शाक्यले काठमाडौं महानगरपालिकालाई स्वच्छ, सुन्दर र हरियालीयुक्त बनाउन महानगरपालिकाका सबै जनप्रतिनिधिहरु लागि परेको दावी पनि गरे । उनले आफूले निर्वाचित गरेका जनप्रतिनिधिहरुलाई सचेत गराउने काममा लाग्न पनि महानगरबासीलाई आग्रह गरे ।