२३ साउन,सुनसरी ।
सुनसरीको बराह नगरपालिका–६ र ९ स्थित कोशी आरक्षण क्षेत्रको मध्यवर्ती घाँसे जंगलमा ४४ वटा गाई गोरु मृत फेला परेका छन ।
जंगलमा गाईगोरु मृत रहेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अबस्थामा रहेको पाएको थियो ।
उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोली तथा जिल्ला पशु सेवा केन्द्र इनरुवाबाट पशु चिकित्सक सहितको टोलीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।