२३ साउन, विराटनगर ।
मोरङको उर्लावारी नगरपालिका–७ बाट लागुऔषधसहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विहीबार बिहान १० बजेको समयमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३२ प ६४८५ नम्बरको मोटरसाईकलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक पथरी शनिश्चरे नगरपालिका २ का २६ बर्षीय अनुज राईको साथबाट लुपिजेसीक १७ एम्पुल, डाईजेपम १७ एम्पुल र प्रोमोजोन १ एम्पुल बरामद गरेको जनाएको छ ।
लागु औषधसहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय उर्लावारीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।