२३ साउन, मोरङ ।
मोरङको बेलबारीबाट बसमा लुकाएर राखिएको ४ सय ४० लिटर घरेलु मदिरा बरामद गरिएको छ ।
बिहीबार ११ बजेको समयमा ईलाका प्रहरी कार्यालय बेलबारी अगाडी चेकजाँच गर्ने क्रममा काकरभिट्टाबाट बिराटनगरतर्फ आईरहेको को १ ख ४१८६ नम्बरकोे मातृभूमि सुपर डिलक्समा लुकाएर ल्याउँदै गरेको उक्त परिमाणको मदिरा बरामद गरेको प्रहरीले जनाएको छ ।
बस चालक झापाको दमक–२ बस्ने ४३ वर्षीय कमलबहादुर दर्जीलाई बससहित आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगर पठाईएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।