मोरङको ग्रामथानमा आगलागीबाट करिब २ लाखको क्षति

मोरङको ग्रामथानमा आगलागीबाट करिब २ लाखको क्षति

२३ साउन, मोरङ ।
मोरङ ग्रामथान गाउँपालिका–१ मा आगलागी हँदा १ लाख ८० हजार बराबरको क्षति भएको छ ।

ग्रामथान–१ बस्ने बिहिरा माझीको फुसको घरमा बुधबार बेलुका करिब ८ बजे अकस्मात आगलागी हुदा उक्त घर भित्र रहेको धान ३५ मन, चामल २०० केजी, लत्ताकपडा, सोलारको ब्याट्री–१ थान र फर्निचरको सामानहरु जलेर पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

उक्त आगलागी नेपाल प्रहरी, स्थानीयको सहयोगमा राती ९ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.