आनुवांशिक श्रोतमा पहुंचको वाँडफाँडका विषयमा विराटनगरमा छलफल

आनुवांशिक श्रोतमा पहुंचको वाँडफाँडका विषयमा विराटनगरमा छलफल

२३ साउन,विराटनगर ।
विराटनगरमा आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धि रणनीति तथा कार्ययोजना तर्जुमा परामर्श कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

वन तथा वातावरण मत्रालयको आयोजनमा भएको गोष्ठिमा आनुवांशिक श्रोतमा पहुंच र लाभको वाँडफाँडका सम्वन्धमा व्यवस्थागर्न बनेको मस्यौदा विधेयकमाथि छलफल गरिएको छ ।

यस्तै नेपालको अनुवांशिक श्रोतमा स्थानिय समुदायको पहुुंच कसरी वढाउने विषयमा सुुझाव समेत संकलन गरिएको थियो । सो अवसरमा बोल्ंदै प्रदेश एकका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव वद्रीराज ढुगानाले हिमाल, पहाड तथा तराईमा अनुवांशिक श्रोत धेरै रहेपनि त्यसको सहि रुपले सदुपयोग हुन नसकेको बताए ।

उनले बहुराष्ट्रीय कम्पनीहरुले नेपालमा उत्पादन भएका वनस्पतिहरुवाट कयौं उपयोगी औषधि वनाउने गरेपनि त्यस वापतको रोयल्टी नेपालले पाउन नसकेको उल्लेख गरे । उनले देश बाहिर जाने अनुवांशिक श्रोत उपयोग गरेबापत स्थानीय समुदाय र नेपालले रोयल्टी पाउनेगरी कानुन वनाउनुुपर्ने आवश्यकता रहेको बताए ।

सो अवसरमा वनस्पति विज्ञ तथा कानुन व्यवसायी दिनमणि पोखरेलले मस्यौदा विधेयकमाथी कार्यपत्र प्रस्तुत गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.