छड्के अनुगमनमा सञ्जेलसहित ४१ अधिकृत अनुपस्थित

छड्के अनुगमनमा सञ्जेलसहित ४१ अधिकृत अनुपस्थित

विराटनगर : संघीय सरकार मातहतका ११ कार्यालयमा बिहीबार गरिएको छड्के अनुगमनमा ४१ जना अधिकृत तहका कर्मचारी कार्यालय समयमा अनुपस्थित भेटिएका छन् ।अनुपस्थित भेटिनेमा श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलसहितका अधिकृत तहका कर्मचारी रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङबाट खटिएको छड्के अनुगमन टोलीले तीनवटा कार्यालयमा भने सबै कर्मचारी उपस्थित रहेको जनाएको छ । सबैभन्दा बढी कोशी अस्पताल विराटनगरमा ५९ जना अनुपस्थित थिए । त्यसमध्ये चिकित्सकतर्फ ३९ जना कर्मचारी भने रिक्त देखिन्थे । अधिकृतस्तरका १६, सहायक स्तरका ३७ र कार्यालय सहयोगी तथा हलुका सवारी चालक ६ जना अनुपस्थित भेटिएका हुन् ।

अधिकृतस्तरका कर्मचारी बढी अनुपस्थित हुने कार्यालय मध्ये आन्तरिक राजस्व कार्यालय विराटनगरमा ६ जना, संघीय आयोजना कार्यान्वयन इकाईमा ६ जना, संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना विराटनगरमा ४ र सडक डिभिजन कार्यालयमा ४ जना अनुपस्थित थिए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.