विराटनगरको बरगाछीमा भारतीय कन्टेनरले ठक्कर दिँदा महिलाको मृत्यु

विराटनगरको बरगाछीमा भारतीय कन्टेनरले ठक्कर दिँदा महिलाको मृत्यु

२४ साउन, विराटनगर ।
मोरङ विराटनगर महानगरपालिका– ५ बरगाछी स्थित कोशी राजमार्गमा भारतीय कन्टेनरको ठक्करबाट विराटनगर १ बस्ने ३५ बर्षीया स्वेता सहनीको मृत्यु भएको छ ।

बिहीबार राती १० बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको NL01L5135 नम्बरको कन्टेनर गाडीले भित्री बाटोबाट निस्किँदै गरेको साईकललाई ठक्कर दिँदा साईकल यात्री सहनी गम्भीर घाईते भएकी थिईन् ।

उनको विराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने कन्टेनर र चालक भारत बिहार भागलपुर बस्ने ३३ बर्षीय मो.सम्सुललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.