२४ साउन, झापा ।
झापाको कमल गाउँपालिका–१ का ७० बर्षीय सुर्य बहादुर थापालाई आफ्नै छोरा ३१ वर्षीया प्रकाश थापाले चिर्पटले हिर्काउँदा मृत्यु भएको छ ।
शुक्रबार बिहान घरायसी कारणले बादबिबाद हुँदा छोराले बाबुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घटनास्थलमा खटिएको प्रहरी चौकी तोपगाछीको प्रहरी टोलीले प्रकाश थापालाई पक्राउ गरेको छ भने मृतकको कानूनी प्रकृया पूरा गरी शव परिक्षण लागि मंगलवारे अस्पताल पठाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।