शहरहरुलाई हरियाली बनाउने अभियानमा सरकार

शहरहरुलाई हरियाली बनाउने अभियानमा सरकार

२४ साउन, काठमाडौँ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शहरहरुलाई हरियाली बनाउने अभियानलाई सरकारले जोड दिएको बताएका छन् । मन्त्री बस्नेतले वृक्षारोपण गरेर सरकारले विभिन्न धार्मिक स्थल, शहरहरुलाई हराभरा बनाउने कामलाई राष्ट्रिय अभियानकै रुपमा संचालन गरिरहेको पनि स्पष्ट पारे ।

उनले पशुपति क्षेत्रको वातावरण संरक्षणमा जोड दिन पनि पशुपति क्षेत्र विकास कोषलाई सचेत गराए । भू–संरक्षण दिवसको अवसर पारेर शुक्रबार पशुपति क्षेत्र परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले बढदो शहरीकरणसँगै वातावरण संरक्षणको विषय चुनौतिको रुपमा उभिएको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले चालू आर्थिक वर्ष भित्र ५ करोड वृक्षारोपण गर्ने लक्ष्य लिनु परेको पनि स्पष्ट पारे ।

मन्त्री बस्नेतले वातावरण संरक्षण विश्वभर चुनौतिको रुपमा देखिएको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढन सम्बन्धित सबै पक्ष अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.