झापाबाट भरुवा बन्दुकसहित १ जना पक्राउ

झापाबाट भरुवा बन्दुकसहित १ जना पक्राउ

२५ साउन, झापा ।
झापाको हल्दिवारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक बनबाट अबैध भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।

शुक्रबार राती साढे ८ बजे सोही स्थान बस्ने बर्ष ६० का ताराहाङ राईलाई प्रहरी चौकी जलथलबाट गस्तीमा खटिएको प्रहरीको टोलीले १ थान भरुवाबन्दुकसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा लगिएको जलथल प्रहरी कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.