२५ साउन, सोलुखुम्बु ।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–३ लोदिङ बस्ने अन्दाजी ४२ वर्षीया मायाँ शेर्पा भालुको आक्रमणबाट घाईते भएकी छन ।
शुक्रबार राती साढे ९ बजे आफ्नै मकैं बारीमा मकै रुघन बनाएको सानो टहरामा बसी भालु धपाउन टिन बजाउने क्रममा बच्चासहित आएको भालुले अचानक आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी हुन ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल सोलुखुम्बु लगिएकोमा त्याहा उपचार हुन नसकेपछि थप उपचारको लागि जिल्ला स्थित मिसन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।