नेपाल अग्रवाल युवा मञ्चको नेतृत्व राजेश अग्रवाललाई

नेपाल अग्रवाल युवा मञ्चको नेतृत्व राजेश अग्रवाललाई

साउन २६, विराटनगर । नेपाल अग्रवाल युवा मञ्चको अध्यक्षमा राजेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार मञ्च द्वारा विराटनगरमा आयोजित १४औं पदस्थापन कार्यक्रममा नेपाल अग्रवाल सभाका अध्यक्ष देवकिनन्दान अग्रवाल एबम निवर्तमान अध्यक्ष अभिषेक केडियाले नवनिर्वाचित समितिलाई पदस्थापन गराएका छन ।

असार १८ गते सम्पन्न साधारणसभाले अग्रवाललाई निर्विरोध रूपमा अध्यक्ष चयन गरेको थियो । मञ्चको प्रथम उपाध्यक्ष मोहित अग्रवाल छन भने द्वितीय उपाध्यक्षमा प्रदीप अग्रवाल,महासचिवमा हेमन्त अग्रवाल,सचिवमा रवि अग्रवाल,कोषाध्यक्षमा आदित्य अग्रवाल र सह कोषाध्यक्षमा मनीष अग्रवाल निर्वाचित भएका छन ।

यस्तै सदस्यहरुमा चिराग अग्रवाल ,गोपाल पोद्धर, हिमांशु अग्रवाल, जितेन्द्र अग्रवाल, कमल सिंघानिया,कुमुद गोयल, पियुस कन्दोई, राहुल अग्रवाल, राहुल अग्रवाल(चन्दा चकोरी), रानु गोयल, रवि अग्रवाल (युनिक इलेक्ट्रोनिक्स), ऋषव अग्रवाल, साहिल अग्रवाल रहेका छन ।

यसैगरी मञ्चका सल्लाहकारहरुमा गोपाल अग्रवाल, विनोद अग्रवाल , अरुण तोदी , प्रमोद अग्रवाल, अश्विनी बंसल र घनश्याम सरफ रहेका छन ।

मञ्चले स्वास्थ्य समितिमा डा. ललित अग्रवाल, डा. मनिष अग्रवाल र सुशील अग्रवाललाई मनोनित गरेको अध्यक्ष राजेश अग्रवालले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.