सुनको मूल्य बढेसँगै विक्रि घट्यो

सुनको मूल्य बढेसँगै विक्रि घट्यो

साउन २८, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेसँगै नेपालमा सुनको मूल्य बढेको छ । गत साउन दोस्रो साताबाट दैनिकरुपमा सुनको मूल्य बढेको राष्ट्रबैंकको तथ्यांकले देखाएको छ । साउन १५ गते प्रतितोला ६४ रुपैयाँमा किनबेच भएको सुन २४ गते ७० हजार रुपैयाँ पुगेको छ । दैनिक ३५ केजी सुन बिक्रि गर्दै आएका व्यवसायीहरु मूल्यबृद्धिका कारण दैनिक ५ केजीमा झरेका छन् ।

गत बर्ष यही समयमा बजारमा सुनको माग दैनिक ३५ किलोग्राम थियो । अहिले बजारमा मुश्किलले ५ देखि ६ केजी मात्रै सुन बिक्रि हुने गरेको छ । गतबर्षको तीजमा सुनको मूल्य प्रतितोला ५६ हजार ५ सयदेखि ५८ हजारसम्म थियो । तर पछिल्ला तीन दिनयता सुनको मूल्य ७० हजार रुपैयाँमा अडिएको छ । लगातार सुनको मूल्य महँगिएपछि बिक्नै छाडेको व्यवसायीको

आधिकारिक रुपमा सुन ल्याएर व्यवसायीलाई बेच्ने जिम्मा पाएका बैंकहरुमै सुन थन्किएको छ । अहिले बैंकहरुमा ६ सय ४२ केजी सुन मौज्दात छ । बजारमा सुनको कारोबार सुस्त भएपछि व्यवसायीले सुन खरिद नगरेको राष्ट्र बैंकका अधिकारीहरुको बुझाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.