साउन २८, एजेन्सी । पूर्व विश्व नम्बर एक एन्डी मुर्रेले युएस ओपन टेनिसको एकल प्रतिस्पर्धा नखेल्ने घोषणा गरेका छन् ।
केही समय विश्राम गरेर चोट मुक्त हुँदै मैदान फर्किएका मुर्रेले युएस ओपन टेनिसको एकल प्रतिष्पर्धाम नखेल्ने जनाएका हुन् ।
जनवरीमा गरिएको हिपको शल्यक्रियापछि मैदान फर्किएका मुर्रेले पहिलो चरणमा फ्रान्सका रिचर्ड ग्यासकेटसँग ६–४ ६–४ ले पराजित भएका छन् ।
उनलाई युएस ओपनका लागि वाईल्ड कार्ड स्वीकार गर्नका लागि समेत भनिएको थियो । तर मुर्रेले डबल र मिक्स डबल्समात्र खेल्न सक्ने बताएका छन् ।
युएस ओपन अगष्ट २६ बाट सुरु हुदैछ । सन् २०१२ का युएस ओपन च्याम्पियन अहिले विश्वको ३ सय २४ औ वरियतामा छन् ।