लागुऔषधसहित उदयपुरबाट २ जना पक्राउ

लागुऔषधसहित उदयपुरबाट २ जना पक्राउ

श्रावण २८, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स ७ प ८८०९ नम्बरको मोटरसाईकलमा सवार रहेका सिराहाको भगवानपुर गाउँपालिका- २ का २० बर्षीय मुकेशकुमार यादव र २३ बर्षीय रमेशकुमार महतोलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट फेनारगन १ सय एम्पुल, नोर्फिन १सय एम्पुल, डाईजोल्याप १ सय एम्पुल र नगद रु. ७ हजार २ सय ३० रुपैया समेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.