श्रावण २८, सोलुखुम्बु । सोलुखुम्बु महाकुलुङ गाउँपालिका १ बुङ बस्ने २० बर्षीय शुक्रकुमार राई मृत अवस्थामा भेटिएका छन् ।
गत साउन २६ गते घरबाट नाम्चेमा ट्रेकिङ काम गर्न जान्छु भनि हिडेकोमा बुङबाट नाम्चे जाने बाटोमा पर्ने माप्ये दुधकोशी गाउँपालिका ७ सिबुचे स्थित जंगलको बिचमा रहेको बाटोमा उनी मृत अवस्थामा फेला परेको हुन् ।
घटनाको जानकारी पाउन साथ कानुनी प्रकृया तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट समेतबाट प्रहरी टोली खटिगएको प्रहरीले जनाएको छ ।