विराटनगरमा १५ दिने योग शिविर सुरु

विराटनगरमा १५ दिने योग शिविर सुरु

साउन २८, विराटनगर । पतञ्जली योग सेवा समिति मोरङले विराटनगरमा योग शिविर सुरु गरेको छ । योग गरौं निरोग रहौ भन्ने मूल नाराका साथ मंगलबारदेखि १५ दिने मोटोपना घटाउने योग शिविर सञ्चालन भएको हो ।

पछिल्लो समय मोटोपनका कारण मानिसहरुमा खुट्टा, ढाडलगायतका समस्या देखिनु साथै डाइविटिज, प्रेसरलगायतका बिरामी बढेपछि प्रदेश सरकारको सहयोगमा १५ दिने शिविरको संचालन गरिएको प्रशिक्षक ध्रुव तामाङले जानकारी दिए ।

शिविरको उद्घाटन गर्दै प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश १ ले स्वास्थ्य जीवन अभियान भनेर अभियान सञ्चालन गर्न लागेको बताए ।

उनले भान्सालाई औषधालयको रुपमा विकास गर्न प्रदेश सरकार लागि परेको बताए । उनले खानपिन, हिंडडुल, आहार व्यवहारमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए ।

१५ दिने मोटोपन घटाउने शिविरबाट ५ किलोसम्म तौल घटाउन सकिने कार्यक्रममा जानकारी दिइएको छ । तर यसका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने आयोजकले जनाएको छ । सामाजिक विकास मन्त्रालयले योगलाई प्राथमिकता दिदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.