एक वर्षमै साढे ३४ अर्बको सुन आयात

एक वर्षमै साढे ३४ अर्बको सुन आयात

साउन २९, काठमाडौं। मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुनमात्रै सो ३४ अर्बको आयात भएको छ । उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ ।

अर्थशास्त्रीहरु पनि व्यापार घाटा कम गर्न तत्कालका लागि विलासी वस्तु आयात कम गर्ने नीति अख्तियार गर्न सुझाव दिन्छन् ।

भन्सार विभागका अनुसार आव ०७५÷७६ मा ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सात हजार चार सय ९३ किलो सुन आयात भएको छ । विलासी वस्तुको आयातले अर्थतन्त्रको सन्तुलनमा नै असर पारिरहेकोले सुन आयात गर्दा लाग्ने भन्सार महसुल वृद्धि गरेर व्यापार घाटा नियन्त्रण गर्न सकिने पूर्व अर्थसचिव रामेश्वर खनालले बताए । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.