लामो दूरीमा २ चालक नराखे कारबाही

लामो दूरीमा २ चालक नराखे कारबाही

साउन २९, काठमाडौं। यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य २ चालक राखेर नचलाए व्यवसायी (गाडी मालिक या कम्पनी) लाई कारबाही गर्ने चेतावनी दिएको छ ।

लामो दूरीमा एक जना मात्र चालक हुँदा बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परेपछि विभागले मंगलबार सूचना जारी गरी २ चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो ।

लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भए–नभएको मुलुकभर अनुगमन गरिने विभागले जनाएको छ । कान्तिपुर दैनिकबाट

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.