खेलाडी अनुबन्धको नियम उलंघन गरेको आरोपमा म्यानसिटीमाथि जरिवाना

खेलाडी अनुबन्धको नियम उलंघन गरेको आरोपमा म्यानसिटीमाथि जरिवाना

साउन २९, एजेन्सी । इङ्गलिस फुटबल क्लब म्यान्चेस्टर सिटीलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जरिवाना गरेको छ ।

युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम मिचेको भन्दै फिफाले सिटीलाई जरिवाना तोकेको हो । युवा खेलाडी अनुबन्धको नियम उलंघन गरेपनि प्रिमियर लिग विजेता सिटी प्रतिबन्धबाट भने जोगिएको छ ।

यसअघि यस्तै कसुरमा अर्को इंग्लीश क्लब चेल्सीलाई भने दुई ट्रान्सफर विन्डोमा खेलाडी किन्न प्रतिबन्ध लगाईएको थियो । म्यान सिटीले युवा खेलाडी किन्दा फिफाको नियम भुलवश मिचिएको स्विकार गरेपछि उसलाई दिने सजाय घटाईएको हो ।

सिटीले १८ वर्ष मुनिको खेलाडी अनुबन्धको नियम उलंघन गरेको फिफाले जनाएको छ । अन्तराष्ट्रिय ट्रान्सफरमा १८ वर्ष माथिका खेलाडीले मात्र अनुमति पाउने फिफाको नियम रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.