श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु

श्रावण २९, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–५ पुरानो नहर टोलका २६ बर्षीय प्रदिप यादवले श्रीमतीलाई कुटपिट गर्दा २३ बर्षीया श्रीमती अवन देवी यादवको मृत्यु भएको छ ।

मंगलवार बिहान घरायशी बादबिबादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी यादवको उपचारको क्रममा बिराटनगरको लाईफ गार्ड अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ ।

घटना पश्चात फरार रहेका अभियुक्त प्रदिप यादवको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.