नेपालमा पाकिस्तानको स्वतन्त्रता दिवस मनाईंयो

नेपालमा पाकिस्तानको स्वतन्त्रता दिवस मनाईंयो

साउन २९, काठमाडौं । पाकिस्तानले आफ्नो ७३ औ स्वतन्त्रता दिवस मनाएको छ ।

स्वतन्त्रता दिवसको अवसरमा बुधबार नेपालस्थित पाकिस्तानी दुतावासले आफ्नो परिसरमा विशेष कार्यक्रमका बीच झण्डोत्तलन गर्दै दिवस मनाएको हो । ७३ बर्ष अगाडि तात्कालिन भारतबाट छुट्टिएको पाकिस्तानले हरेक बर्ष १४ अगस्टलाई आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।

दुताबासमा आयोजित कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी जनतामा सुख शान्ति र खुसीयाली बाँड्दै विश्वभरी बन्धुत्व र भाईचाराको कामना गरेका छन् ।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा राष्ट्रिय एकता र सर्वाभौमिकताका लागि सबै पाकिस्तानी जनता एक हुनुपर्ने उल्लेख छ ।

नेपाल सरकारले पनि पाकिस्तानको ७३ औ स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान सरकारलाई शुभकामना व्यक्त गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.