महिला जागृति बृद्धाश्रमका आश्रितले मनाए तीज

महिला जागृति बृद्धाश्रमका आश्रितले मनाए तीज

साउन ३०, विराटनगर । बिराटनगरस्थित महिला जागृति तथा बृद्धाश्रमका आश्रितलाई मिष्ठान भोजन गराइनुका साथै लुगा वितरण गरिएको छ ।

पुष्पलालचोकस्थित आश्रम परिसरमा बिहीबार आयोजित तीजको दर खाने कार्यक्रमका बिच बृद्धाश्रमका आश्रितलाई मिष्ठान भोजन गराइनुका साथै लुगा वितरण गरिएको हो ।

सो क्रममा आश्रमका आश्रित एक दर्जन बढी जेष्ठ महिलाहरुलाई पुरी–जेरी तथा अन्य मिठाइ सहितको भोजन गराइएको थियो । यसैगरी उनीहरुलाई दैनिक दिनचर्यामा आवश्यक पर्ने साबुन,टुथपेस्ट,तेल र ब्रस लगायतका सामाग्री समेत प्रदान गरिएको छ ।

सन्तानद्वारा परित्यक्त तथा सन्तानबिहीन आश्रित जेष्ठ महिलाहरुको पीडा केहि मात्रामा भएपनि कम गर्न तीजको पूर्वसन्ध्यामा कार्यक्रम गरिएको समाजसेवी भवेश पौडेलले बताए ।

यसैबीच आश्रित महिलालाई बृद्धाश्रमको तर्फबाट नयां साडी वितरण गरिएको छ । आश्रम संचालिका भुवनेश्वरी आचार्यले महिलाहरुलाई साडी प्रदान गरे । कार्यक्रमका सहभागि महिलाहरुले तीजबिशेष सांस्कृतिक गीतमा नृत्य गर्दै मनोरंजन समेत गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.