आन्तरिक उडानमा विदेशीबाट लिइने भाडा घटाईने

आन्तरिक उडानमा विदेशीबाट लिइने भाडा घटाईने

३० साउन, काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी नागरिकलाई लिईने भाडा दर घटाउने संकेत गरेका छन् । नागरिक उड्डयन प्राधिकरणद्धारा विहिबार आयोजित एभियसन सेफ्टी रिपोर्ट २०१९ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आन्तरिक उडानमा विदेशीलाई लिईने भाडा दर घटाउने संकेत गरेका छन् ।

आन्तरिक उडानमा विदेशीलाई लिईने भाडाका बारेमा कुटनीतिक नियोगका व्यक्तिहरुबाट धेरै गुनासो आईरहेको भन्दै उनले त्यसबारे व्यवसायीहरुसंग परामर्श गरेर छिट्टै निर्णय गरिने बताए । उनले चर्को हवाई भाडाले नेपालको पर्यटन उद्योगलाई घाटा वा नोक्सानी पुर्याएको छ भन्ने विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले हवाई जहाजमा प्रयोग हुने इन्धनको मुल्य सम्बन्धमा पनि छलफल गरिने बताए ।

मन्त्री भट्टराईले सरकार र निजी क्षेत्रबीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै अलग्गै निकायका रुपमा नबुझ्न आग्रह गरे । उनले सरकार निजी क्षेत्रसंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जाहेर गरे । उनले सार्वजनिक निजी साझेदारी मोडलमा उड्डयन विद्यालय स्थापना गर्ने सम्बन्धमा पहल भईरहेको र छिट्टै मन्त्रालयको संयोजकत्वमा सरोकारवाला सम्मिलित कमिटी बनाउने जानकारी दिए ।

उनले प्राधिकरणद्धारा सार्वजनिक एभियसन सेफ्टी रिपोर्ट २०१९ मा धेरै सकारात्मक संकेत देखिएको भन्दै आगामी दिनमा अझै राम्रो र र सकारात्मक हुने आशा व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.