साउन ३०, विराटनगर । सामाजिक संस्था बिराटनगर युवा शक्तिले विराटनगरको पूर्वाञ्चल बाल सेवा सदनमा विहीबार रक्षा बन्धन पर्वको अवसरमा कार्यक्रम गरेको छ ।
संस्थाले रक्षा बन्धनको अवसर पारेर बाल सेवा सदनका बालबालिकाहरुलाई भोजनको ब्यबस्था गर्नुका साथै सहयोगात्मक विभिन्न कार्यक्रम गरेको छ। सो अवसरमा संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुबाट राखी बाँध्नुका साथै बालबालिकाहरुलाई सहयोग स्वरुप ११ सय रुपैयाँ प्रदान गरेको संस्थाका सदस्य राहुल सोनीले जानकारी दिए ।
विराटनगरमा रहेको संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]