गाइजात्राका अवसरमा विराटनगरमा सामूहिक गाइजात्रा

गाइजात्राका अवसरमा विराटनगरमा सामूहिक गाइजात्रा

३१ साउन, विराटनगर । झीः पुचःको आयोजनामा विराटनगरमा सामूहिक गाइजात्रा ¥याली निकालिएको छ ।

स्थानीय बगलामुखी मन्दिर परिसरबाट निकालिएको ¥यालीले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको छ । ¥यालीले जहदारोड,मेनरोड,वडा कार्यालय चोकबाट सोमबारेहाटको भित्रि बाटो हुंदै विराटनगर १ पोखरीयास्थित श्रीराधाकृष्ण मन्दिरमा पुगेर समापन भएको थियो । समापनस्थलमा पुग्दा आयोजक समितिले सहभागिलाई प्रसादस्वरुप सेलरोटी खुवाएको थियो ।

झी पुचःले २०३८ सालबाट प्रत्येकबर्ष गाइजात्रा ¥याली निकाल्दै आएको आयोजक संस्थाका बरिष्ठ उपाध्यक्ष जयन्त प्रधानाङ्गले बताए । स्वर्गिय भएका पितृहरुको मोक्षको कामना सहित निकालिएको ¥यालीमा विराटनगरसहित आसपासका २४ परिवार सहभागि भएको उनले बताए ।

¥यालीमा लाखे नृत्यका साथै अन्य नेवारी संस्कृति झल्किने प्रस्तुती समेत समावेश गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.