जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा, ५ प्रहरी घाइते

जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा, ५ प्रहरी घाइते

३१ साउन, चितवन ।
जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा भएको छ । शुक्रबार साँझ प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार हुँदा ५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरेको थियो ।

शुक्रबार दिनभरजसो रवि लामिछानेको समर्थकले चितवनमा प्रहरी कार्यालय र जिल्ला अदालतअगाडि प्रदर्शन गरेका थिए ।रविसहित ३ जनालाई थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद लिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.