कलाकार सुभद्रा अधिकारीको निधन

कलाकार सुभद्रा अधिकारीको निधन

३२ साउन, काठमाडौँ ।
वरिष्ठ कलाकार तथा अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । उनको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी उनले चलचित्र वासुदेव, मनको बाँध, बेहुली, मसान लगायत दर्जनौँ चलचित्रमा जीवन्त अभिनय गरेकी थिइन् । उनलाई चलचित्र ‘मसान’ कि बसन्तीको रूपमा पनि चिनिन्छ ।

अधिकारीलाई अन्तिम श्रद्धान्जली अर्पण गर्न उनकै निवास डल्ल्लु,स्वयम्भूमा १ बजे देखि ३ पार्थिव शरीर राखिनेछ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.