नेकपामा वरियता विवाद, नेपाललाई दोस्रो वरियतामा राखिएकोमा झलनाथको आपत्ति

नेकपामा वरियता विवाद, नेपाललाई दोस्रो वरियतामा राखिएकोमा झलनाथको आपत्ति

भदौ, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टी नेताहरुको वरियता मिलाउनुपर्ने बताएका छन् ।

खनालले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछिको वरियतामा आफूलाई राख्नुपर्ने माग गरेका छन् । तत्कालीन एमाले र माओवादीच एकता हुँदा माधवकुमार नेपाललाई दोस्रो वरियतामा राखिएको थियो । त्यसमा खनालको असहमति छ । शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्षद्धयले यसलाई एजेण्डा बनाउने आश्वासन दिएपछि नेकपामा वरियता विवाद ब्युँझिएको छ ।

संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै नेता खनालले भने, जति जथिबेला पार्टी एकता भयो, त्यो बेलामा यो बेठिक भयो । पद्धतिसंगत भएन । वरियतालाई तलमाथि गर्नु हुँदैन भनेर मैले सुरुमा नै असन्तुष्टि राखेको हो ।’

उनले अघि भने, ‘अब सच्याउने विन्दु आइपुगेको छ । सबैले हार्दिकतापूर्वक लिएर सच्याउनुपर्छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.