कानेपोखरी स्थित जनमुखी सहकारीबाट ५ लाख चोरी

कानेपोखरी स्थित जनमुखी सहकारीबाट ५ लाख चोरी

भदौ १ विराटनगर । मोरङको कानेपोखरी–७, बरगाछीमा रहेकोे जनमुखी बचत तथा ऋण सहकारी संस्थाको ५ लाख भन्दा वढि चोरी भएको छ ।

शनिवार राति झ्याल फुटाई ५ लाख २६ हजार ५सय ५१ रुपैया चोरी भएको प्रहरीले जनाएको छ । भुई तलामा रहेको कार्यालयको पूर्वपटीको झ्यालको पल्ला र ग्रिल समेत भत्काएर सेभ समेत फुटाई रकम चोरी गरेको सहरकारीका उपाध्यक्ष हरि कोइरालाले बताए ।

अघिल्लो दिन बचत गरेको रकम हिसाव किताव अफिसमा बुझाउनका लागि बचत परिचालक रमेश शिवाकोटीले आइतबार विहान ७ बजे संस्था खोल्दा तोडफोड भएको देखेपछि पदाधिकारीहरुलाई खबर गरेका थिए ।

चोरी गर्नेले रकम सहित सिसि क्यामेराको हार्ड्डिक्स पनि समेत लगेको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरुले झ्यालबाट छिरेर पहिलो पटक सिसि क्यामेराको तार काटेर पैसा निकालेको हुन सक्ने प्रहरीले जनाएको छ ।

बाकस भित्र राखिएको सेभ झिकेर चाबी लगाउने ठाउँबाट फोरेर पैसा लगेको भेटिएको प्रहरीको प्रारम्भिक अनुमान छ । इलाका प्रहरी कार्यालय पथरीको टोलीले विहाननै चोरी भएको स्थलमा पुगी अनुसन्धान अघि बढाएको छ ।

चोरी गर्नेहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.