सुध्रेनन् पूर्व युवराज पारस, विमानस्थलका प्रहरीमाथि हातपात

सुध्रेनन् पूर्व युवराज पारस, विमानस्थलका प्रहरीमाथि हातपात

२ भदौ, काठमाडौं ।

पूर्व युवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक (सई) लाई दुर्व्यवहार गरेका हुन् ।

ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले समेत जानकारी राखेको छ ।

थाइल्याण्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए । आफ्ना छोरा र भाञ्जालाई दुव्र्यवहार गरेको भन्दै उनले प्रहरीलाई दुर्व्यवहार गरेका थिए ।

पारसले यसअघि पनि यस्ता घटनाहरु घटाउँदै आएका छन् । तर पछिल्लो समय उनको आनीबानीमा सुधार आएको अनुमान गरिरहेका बेला फेरि पूरानै हर्कत देखाएका छन् । नागरिक दैनिकबाट

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.