महेन्द्र मोरङका क्याम्पस प्रमुख कार्यकक्षमै थुनिए

महेन्द्र मोरङका क्याम्पस प्रमुख कार्यकक्षमै थुनिए

२ भदौ, विराटनगर ।  महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख कार्यकक्षमै थुनिएका छन्।

क्याम्पस सुधारको मागगर्दै आन्दोलित भएका विद्यार्थीहरुले क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई २ घन्टा बढी समयसम्म कार्यकक्षमै थुनिदिएका हुन । उनहिरुले आर्थिक प्रशासन शाखामा समेत तालबन्दी गरेका छन । गएको साउन ३० गते यता आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको राष्ट्रिय विद्यार्थी संघले सोमबार क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनिदिएको हो । राष्ट्रिय विद्यार्थी संघको आन्दोलनलाई पछिल्लो समय सबै विद्यार्थी संगठनहरुले समर्थन गरेका छन् ।

आन्दोलनलाई अनेरास्ववियु,नेबि संघ,अनेरास्ववियु क्रान्तिकारी,समाजबादी फोरम र नयांशक्ति विद्यार्थी युनियनले समेत समर्थन गरेको छ । आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले क्याम्पसको प्राइभेट कार्यक्रममा दिइने १० प्रतिशत छात्रबृति विद्यार्थीहरुलाई अविलम्ब दिनुपर्ने सहित ११ बुंदे माग अघि सारेका छन । प्रत्येक संकायमा भएको आम्दनी खर्च सार्वजनिक गर्नुपर्ने,राजनितीक भागबण्डामा नभई प्रतिस्पर्धाका आधारमा नियुक्ती गर्नुपर्ने,ई लाईब्रेरीको ब्यवस्था गर्नुपर्ने, विद्यार्थी कल्याणकारी कोषको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने विद्यार्थीहरुले माग राखेका छन् ।

यसैगरी प्रवेश फारममा लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, जीर्ण भवनको मर्मत सम्भार गर्नुपर्ने,आफूखुशी नभई विज्ञापनबाट पदपुर्ती गर्नुपर्ने र विद्यार्थीहरुसंग यसअघि भएका सम्झौता अविलम्ब कार्यान्वयन गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन । माग पूरा नभए चरणबद्ध आन्दोलन जारी रहने विद्यार्थीहरुले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.