युभेन्टसका म्यानेजर सार्रीलाई निमोनिया

युभेन्टसका म्यानेजर सार्रीलाई निमोनिया

३ भदौ, एजेन्सी ।

इटालियन च्याम्पियन युभेन्टसका म्यानेजर माउरिजियो सार्रीलाई निमोनिया भएको छ । चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका उनले
निमोनियाका कारण यो साता हुने त्रिस्टिनाविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।

६० वर्षीय सार्रीलाई सुरुवातमा सामान्य ज्वरो आएको भनिएपनि पछि उनलाई विस्तृत परिक्षणपछि निमोनिया लागेको पत्ता लागेको हो । सोमबार विहानसम्म पनि क्लबमा रहेका सार्रीलाई दिउँसो परिक्षणका लागि लागिएको थियो । उनले गत साता ट्रीएस्टिनाविरुद्ध भएको मैत्रीपूर्ण खेल पनि विश्राममा रहेका थिए । उनले अब शनिबार हुने लिगको सुरुवाती खेलमा उपस्थित हुने नहुने बारे पक्का रहेको छैन । युभेन्टसले लिगको पहिलो खेलमा पार्मासंग खेल्दैछ ।

सार्री गत सिजन चेल्सी पुगेका थिए । चेल्सीमा उनले युरोपा लिग उपाधि जितेपनि युभेन्टसको प्रस्ताव आएपछि पुनः इटाली फर्केका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.