४ भदौ, एजेन्सी ।
मार्कस रासफोर्ड म्यानचेस्टर युनाइटेडको नयाँ ‘पेनाल्टी टेकर’ बनेका छन् । स्टार खेलाडी पाउल पोग्बाले उल्भ्सविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि प्रशिक्षक ओले गुनर सोल्स्कायरले नयाँ पेनाल्टी टेकरका रुपमा रासफोर्डलाई छानेका हुन् ।
पोग्बाले पेनाल्टी मिस गरेपछि विवादित बन्दै आएको अवस्थामा प्रशिक्षकले अबदेखि म्यानचेस्टर युनाइटेडले पाउने पेनाल्टी हान्ने जिम्मा मार्कस रासफोर्डलाई दिएका छन् । पोग्बा पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिन बाध्य भएको थियो ।
फलस्वरुप पोग्बाको चारैतिर विरोध भएको थियो । ड्रेसिङ रुममा समेत सोल्स्कायर र पोग्बाबीच विवाद भएको थियो । यता यो सिजनको पहिलो खेलमा रासफोर्डले १२ याड टाढाबाट उत्कृष्ट गोल गरेका थिए ।