यू(१९) एशिया कपका लागि अन्तिम १५ सदस्यीय टोलीको घोषणा

यू(१९) एशिया कपका लागि अन्तिम १५ सदस्यीय टोलीको घोषणा

५ भदौ, काठमाडौं ।
एसीसी यू(१९) एसिया कपका लागि नेपालले अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको छ । श्रीलंकामा हुन लागेको प्रतियोगिताका लागि रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली चयन भएको छ ।

टिममा रोहितसँगै रित गौतम, पवन सर्राफ, महम्मद आसिफ शेख, सनदीप जोरा, भीम कार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रसिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जीसी रहेका छन्।

२० गतेदेखि सुरु हुने प्रतियोगितामा भाग लिनका लागि नेपाली टोली भाद्र ७ गते श्रीलंका प्रस्थान गर्ने छन्। उनीहरुले त्यहाँ केही अभ्यास खेल पनि खेल्ने छन्।

प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, कुवेत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्ने छन्। नेपाल समूह बी रहेका छ जसमा श्रीलंका, बंगलादेश र यूएई रहेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.