५ भदौ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली विहिबार अपरान्ह साढे १ बजे थाई एयरको उडान नम्बर जीटि ३२० बाट सिंगापुर प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीसंग उनकी श्रीमती राधा शाक्य पनि सिंगापुर प्रस्थान गरेकी छन् ।
केही समय अघि उपचार गराएर स्वदेश फर्किएका प्रधानमन्त्री ओली फेरि थप उपचारका लागि सिंगापुर गएका हुन् । प्रधानमन्त्रीलाई विदाई गर्नका लागि सरकारका मन्त्रीहरु,नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ त्रिभुवन विमानस्थल पुगेका थिए ।
साथै नेकपाका अन्य नेता कार्यकर्ताहरुकोको पनि उल्लेख्य उपस्थिति थियो । प्रधानमन्त्री ओली भदौ २० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।